२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

यसरी मनाइँदैछ नाग पञ्चमी

शनिबार १०, साउन २०७७ ०७:४२

यसरी मनाइँदैछ नाग पञ्चमी

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी शनिबार नागको पूजा गरी मनाइँदै छ ।

आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभरी नाग, सर्प र बिच्छीलगायतका जीवबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

शनिबार बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । 


प्रतिकृया दिनुहोस