२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

शुक्रबार ०९, साउन २०७७ ०३:०६

वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

वीरगञ्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका  ११ की ८५ वर्षीया महिलाको मृत्यु भएको छ । चिकित्सकका अनुसार ती वृद्ध महिला मुटु रोगी थिइन् । हाल निमोनिया भएर अस्पताल आएकी थिइन् । 

अस्पतालका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएकी थिइन् । ती महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान पौने ७ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस