बिहिबार ०८, साउन २०७७ ०९:४९
काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।
ओखलढुंगा घर भएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।
उनको अनुहारमा एसिड परेको छ । युवतीलाइ कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसरले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस