२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

बिहिबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टी,थप १ को मृत्यु

बिहिबार ०८, साउन २०७७ ०५:०५

बिहिबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टी,थप १ को मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । याे संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

२४ घन्टामा १५६ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

कोरोनाबाट थप १ को मृत्यु

प्रवक्ता गौतमले नारायणी अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि भएको औपचारिक रुपमा जानकारी दिए ।

मंगलबार साँझ मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । मृतक वीरगन्ज माइस्थानका ७० वर्षीय पुरुष छन् ।

एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणीमा भर्ना गरिएको थियो ।


#काेराेना

प्रतिकृया दिनुहोस