२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

विश्वभरी १ करोड ५० लाख भन्दा बढी काेराेना संक्रमितः डब्लुएचओ

बुधबार ०७, साउन २०७७ ०७:२५

विश्वभरी १ करोड ५० लाख भन्दा बढी काेराेना संक्रमितः डब्लुएचओ

एजेन्सी ।  विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानाएकाे छ । 

संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति संक्रमण मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
कोरोना भाइरस संक्रमणले सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । डब्लुएचओकाअनुसार अमेरिकामा मात्रै ४० लाख २८ हजार ७३३ जनामा कोरोनाका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

युरोपमा २७ लाख २ हजार ९७ जना कोरोना संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७४९ को मृत्यु भएको छ । 

त्यस्तै एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८२ हजार ७२३ जनाको मृत्यु भएको छ भने अफ्रिकामा ७ लाख ५३ हजार९१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ७७९ जनाको मृत्यु भएको छ । 


#कोरोना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस