२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

पछिल्लाे २४ घण्टामा थप १०० जनामा काेराेना संक्रमण पुष्टी, २ जनाको म‌ृत्यु

बुधबार ०७, साउन २०७७ ०४:३६

पछिल्लाे २४ घण्टामा थप १०० जनामा काेराेना संक्रमण पुष्टी, २ जनाको म‌ृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले बुधबार नियमित पत्रकार सम्मेलनमा प्रबक्ता डा जगेश्वर गाैतमका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४  पुगेको छ ।

पछिल्लाे २४ घण्टाकाे अवधिमा २०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ ।

यसैगरी बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस