२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

लमजुङमा पहिरो ,१८ वटा घर पुरिए

बुधबार ०७, साउन २०७७ ०२:११

लमजुङमा पहिरो ,१८ वटा घर पुरिए

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ । जम्मा ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

केही दिनदेखिको अविरल वर्षाका कारण बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा गाउँलेको घर पुरिएको स्थानीय राजकुमार मिजारले बताए । उनका अनुसार मंगलबार पहिरो गएपछि २१ घरपरिवार नजिकैको स्कुलमा बस्न गएका थिए । 
मंगलबार पहिरो गएको ठाउँबाट पुन: पहिरो गएकाले घरहरु पुरिएको तर, गाउँलेहरु भने मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

उनका अनुसार पहिरो खस्दै गर्दा भाग्ने क्रममा ४ जना घाइते भएका छन। पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए ।

 


#बाढी पहिरो

प्रतिकृया दिनुहोस