२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

मङ्गलबार ०६, साउन २०७७ ०६:३४

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

काठमाडाैं । अबिरल वर्षाले पहिरो खसेपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५०  बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो । पहिरो खसेको ठाउँ नारायणगढबाट ३१.५ किलोमिटर मुग्लिनतर्फ पर्दछ । 

सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो । यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध हुनेगरेकाे थियाे ।

सडक एकतर्फी खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् । राजधानी काठमाडौँतर्फ जाने सवारी भने अगाडि पृथ्वी राजमार्गमा पुगेर रोकिने भएका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।


प्रतिकृया दिनुहोस