२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

अमेरिकामा एकै दिन ६० हजारभन्दा बढीमा कोरोना संक्रमण

मङ्गलबार ०६, साउन २०७७ ०२:५३

अमेरिकामा एकै दिन ६० हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी ।  अमेरिकामा कोरोना भाइरस बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

अमेरिकाको रोग नियन्त्रण केन्द्रले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टामा ४८८ जनाको काेराेनाका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । अमेरीकामा संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार अहिलेसम्म अमेरीकामा संक्रमितको संख्या ३८ लाख नाघेको छ ।

अमेरीकामा अहिलेसम्म १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ । संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ ।

सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गरेका छन् । विगतमा लामो समयसम्म उनले आफैले पनि मास्क नलगाउने भनेका थिए ।

अमेरकी अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा अमेरिकामा मात्र १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस