सोमबार ०५, साउन २०७७ ०५:०७
काठमाडाैं । अविरल वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको सडक भत्काएको छ ।
पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्याउँदा आवतजावत नै बन्द भएको छ ।
धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । धादिङ प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।
प्रतिकृया दिनुहोस