सोमबार ०५, साउन २०७७ ०४:३२
काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप १८६ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।
साेमबार स्वास्थ मन्त्रालयकाे नियमित प्रत्रकार सम्मेलनमा मन्त्रालयका प्रबक्ता जागेश्वर गाैतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
याे संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १७३ जना बिभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
प्रतिकृया दिनुहोस