२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

नौगाडमा पहिरोमा पुरिएर दुई जना बेपत्ता

सोमबार ०५, साउन २०७७ १०:३४

नौगाडमा पहिरोमा पुरिएर दुई जना बेपत्ता

दार्चुला। दार्चुलाको नौगाड गाउँपालिका –६ परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जना वेपत्ता भएका छन् । स्थानीयका अनुसार ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती ठगुन्ना बेपत्ता भएका हुन् ।

वेपत्ता दुवै जनाको  खोजी भइरहेकाे छ । पहिरोमा परी चार जना घाइते भएका छन् । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको स्थानीयले जनाएका छन् ।

थप उद्दारका लागी प्रहरी घटनास्थलतर्फ गइरहेको छ । जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ ।

त्यस्तै महाकाली नगरपालिका–५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । 


#पहिरो

प्रतिकृया दिनुहोस