२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

आइतबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी,५८ डिस्चार्ज

आइतबार ०४, साउन २०७७ ०४:३९

आइतबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी,५८ डिस्चार्ज

काठमाडाैं । आइतबार देशभर १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

आइतबार थपिएका संक्रतीतसंगै मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। याेसंगै हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्।

यो कुल संक्रमितको ६६ प्रतिशत हो। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ।


#काेराेना

प्रतिकृया दिनुहोस