२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

नेपाल एयरलाइन्स १४ कर्मचारी कोरोनामुक्त भइ डिस्चार्ज

आइतबार ०४, साउन २०७७ १२:२८

नेपाल एयरलाइन्स १४ कर्मचारी कोरोनामुक्त भइ डिस्चार्ज

काठमाडाैं । काेराेना संक्रमण देखिएका नेपाल वायु सेवा निगमका १४ उडान कर्मचारी संक्रमणमुक्त भएर डिस्चार्ज छन् ।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिएका निगमका चार पाइलटसहित १४ जनामा कोरोना संक्रमण देखिएकाे थियाे । 

उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।

करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताए ।

कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो ।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस