२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

आइतबार ०४, साउन २०७७ ०८:३०

स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

प्यूठान ।  प्यूठानकाे स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु२च ४२३४ नंको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको प्रहरीले जनाएकाे छ ।  

मृत्यु हुनेहरु रोल्पा रुम्टगढी गाउँपालिका ५ का २१ वर्षका सागर बस्नेत, २४ वर्षका रिमबहादुर बस्नेत, २५ वर्षका कबिराम बस्नेत, १९ वर्षका बिरेन्द्र बाठा मगर, १९ वर्षका थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षका कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए  । दुर्घटनामा रोल्पाका विशाल थापा हाम फालेर बाँच्न सफल भएका छन् । सुरक्षाकर्मी र स्थानीयले आइतबार बिहानैबाट पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।   


#दुर्घटना

प्रतिकृया दिनुहोस