२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

विश्वभर कोरोनाबाट ६ लाख भन्दा बढीको मृत्यु

शनिबार ०३, साउन २०७७ ०९:०५

विश्वभर कोरोनाबाट ६ लाख भन्दा बढीको मृत्यु

एजेन्सी ।  विश्वमा कोरोना संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

डब्लुएचओका अनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार अमेरिकामा मात्रै ३७ लाख ७१ हजार १०१ जनामा कोरोना संक्रमित रहेका छन् । अमेरिकामा काेराेनाले १ लाख ४२ हजार ८० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ३१ लाख ७४ हजार ६७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।

दक्षिण अमेरिकामा १ लाख १५ हजार ११४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४४ लाख १५ हजार ७५५ जना कोरोना संक्रमति रहेका छन् । उत्तर अमेरिकामा १ लाख ९४ हजार ३१८ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ ।

एसिया ३२ लाख ८१ हजार ६७ जनामा कोरोना संक्रमण रहेको छ भने ७७ हजार १२२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ८८ हजार ३९० जनामा कोरोना  संक्रमण रहेको छ भने १४ हजार ७२७ जनाको मृत्यु भएको छ ।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस