२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

भारतकाे आसाममा बाढीले ७६ को मृत्यु, हजाराै प्रभावित

शनिबार ०३, साउन २०७७ ०४:१८

भारतकाे आसाममा बाढीले ७६ को मृत्यु, हजाराै प्रभावित

एजेन्सी ।  भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

राज्यका ३० जिल्लामा बाढीका कारण ७६काे मृत्यु भएको हाे । आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् ।

प्रभावित भएकाहरुका लागि ५५२ ओटा शिविरहरु पनि स्थापना गरिएका छन् । त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढीका कारण झण्डै ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका बताइएको छ ।


#बाढी

प्रतिकृया दिनुहोस