बिहिबार ०८, फागुन २०७६ ०३:२३
काठमाडाैं, सुचना प्रबिधि तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले राजीनामा दिएका छन् ।
७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।
संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।
सभामुख सापकोटा सञ्चारमन्त्रीले राजीनामा दिइसकेकाे भन्दै कांग्रेस संसदहरू लाइ सदनकाे कारवाही सहयाेग गर्न अनुराेध गरेका थिए ।
प्रतिकृया दिनुहोस