२०८२ साउन ०८ गते बुधबार | 23 July, 2025

लिम्पियाधुराको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी छाैंः मन्त्री अर्याल

शुक्रबार ०२, साउन २०७७ ०९:०७

लिम्पियाधुराको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी छाैंः मन्त्री अर्याल

काठमाडाैं । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा मन्त्रालय रहेको बताएकि छिन् ।

आज मन्त्रालयमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा मन्त्री अर्यालले लिम्पियाधुरा समेटीएको नक्सा सार्वजनिक हुनु ऐतिहासिक काम भन्दै त्यस विषयमा अध्ययन गरी पुस्तकनै सार्वजनिक गर्ने बताएकाे हो ।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिइन् । राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै उनले विगतमा छुट्याइएको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन् ।   


#भूमि व्यवस्था

प्रतिकृया दिनुहोस