२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

प्रधानमन्त्रीलाइ दाहाल र नेपाल भने : राजीनामा दिनुस्

बिहिबार ०१, साउन २०७७ ०४:०६

प्रधानमन्त्रीलाइ दाहाल र नेपाल भने : राजीनामा दिनुस्
फाइल तस्बीर ।

काठमाडाैं ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।

छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाएका हुन् । स्रोतका अनुसार ओलीले पनि दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । दुवै समूहले आ–आफ्ना अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको छ ।

'प्रधानमन्त्रीलाई प्रचण्ड र नेपाल दुवै नेताले राजीनामा दिन भन्नुभएको हो। प्रधानमन्त्रीले राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गरेको भन्दै उहाँहरूले राजीनामा दिन सुझाव दिनुभएको हो,'स्रोतले भन्यो,'जवाफमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चेतावनी दिनु भएको थियो।'

बिहीबारकाे छलफल सकारात्मक नभए पनि शुक्रबारको स्थायी समिति बैठक बोलाउनका लागि भने सहमति भएको छ।


#नेकपा

प्रतिकृया दिनुहोस