बुधबार ३१, असार २०७७ ०८:२४
काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।
तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेक जानकारी दिएकाे छ ।
आयोजनामा कार्यरत अर्का बेपत्ता भएका सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि सिन्धुपाल्चाेक प्रहरीले बताएकाे छ।
प्रतिकृया दिनुहोस