२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

भारतमा एकै दिन २९ हजार बढीमा काेराेना संक्रमण

बुधबार ३१, असार २०७७ ०१:४५

भारतमा एकै दिन २९ हजार बढीमा काेराेना संक्रमण

नयाँदिल्ली । भारतमा एकैदिन कोरोनाभाइरसबाट साढे २९ हजार संक्रमित भएका छन् । याे संख्या भारतमा एकैदिन  अहिलेसम्मकै सबैभन्दा बढि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ संक्रमित भएको जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ । त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ । ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख १९ हजार ८४० रहेको छ भने पाँच लाख ९२ हजार ३२ जना संक्रमणमुक्त भइसकेका छन् । 

भारतको राजधानी दिल्लीमा पनि एक लाख १५ हजार ३४६ जना संक्रमित भएका छन् भने तीन हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

 


#काेराेना

प्रतिकृया दिनुहोस