२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

घट्यो सुन भाउ

- विशेष खबर आइतबार ०४, चैत २०८० ०१:४९

घट्यो सुन भाउ

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले ओरालो लागेको हो । 

महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने एक हजार पाँच सय ३० रूपैयाँ कायम गरिएको छ । 


प्रतिकृया दिनुहोस