२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

आइएमईबाट बैंक खातामा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

- विशेष खबर मङ्गलबार ३०, असार २०७७ ०७:३६

आइएमईबाट बैंक खातामा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ ।

अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलै लिन सक्नेछन् । 

पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्त्वपूर्ण कदम हो ।

यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित एजेन्ट  मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ । 

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आइएमईले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट  छन् । 

 बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । 


#आइएमई

प्रतिकृया दिनुहोस