२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

मगंलबार थप ११६ मा काेराेना संक्रमण, संक्रमित संख्या १७ हजार नाग्याे

मङ्गलबार ३०, असार २०७७ ०७:२४

मगंलबार थप ११६ मा काेराेना संक्रमण, संक्रमित संख्या १७ हजार नाग्याे

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना संक्रमित थपिएका छन् ।

मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ संक्रमित फेला परेका छन् ।

यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख ६, पाल्पा र दाङ र कैलालीमा ५/५, जुम्लामा ४, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा ३/३, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा २/२ संक्रमित फेला परेका छन् ।

यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बांके, बर्दिया र कञ्चनपुरमा १/१ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका नयाँ संक्रमितसंगै कुल को संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ३४ जना कोरोना जितेर घर फर्केका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ रहेका छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस