२०८१ कार्तिक ०६ गते मङ्गलबार | 22 October, 2024

ललितपुरमा खोलाले बगाउँदा चार जना बेपत्ता

- विशेष खबर शनिबार १२, असोज २०८१ १०:२१

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् ।

उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।


प्रतिकृया दिनुहोस