२०८१ कार्तिक ०६ गते मङ्गलबार | 22 October, 2024

पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु

- विशेष खबर शनिबार १२, असोज २०८१ ०८:१३

काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् ।

पनौती नगरपालिका ११ थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।

पनौती नगरपालिका–११ वडासदस्य गीता थापाका अनुसार पहिलोले ३ घरमा पूर्ण क्षति पु¥याएको थियो । २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्न सके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्कविहीन भएको हो । 

बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।

वर्षाले नै पनौतीको स्थानीय गर्ध खोलामा पहिरोले खस्दा थुनिएको वडासदस्य थापाले बताइन् । पनौती–३ र ८ को सीमानामा रहेको उक्त खोला बिहान साढे ५ को समयमा थुनिएको हो । ‘खोला नै थुनिएपछि फाँट जलमग्न भएको छ । जोखिम पनि बढेको छ,’ उनले भनिन् ।

त्यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस