२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

बुधबार थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार २४, असार २०७७ ०४:५३

बुधबार थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

 


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस