२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

विश्वभर काेराेना सङ्क्रमितको संख्या एक करोड १३ लाख नाग्याे

मङ्गलबार २३, असार २०७७ ०८:३९

विश्वभर काेराेना सङ्क्रमितको संख्या एक करोड १३ लाख नाग्याे

विश्वभर काेराेना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाखभन्दा बढी पुगेको छ । यस्तै काेराेनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख ३२ हजारभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

तर जोन हकिन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितको संख्या एक करोठ १५ लाख रहेको छ भने मृत्यु हुनेको संख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ६२ लाखभन्दा बढी रहेको छ ।

विश्वमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । सङक्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकहरूमध्ये तेस्रो स्थानमा रहेको छ ।

यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मङ्गलबारसम्म कूल ४४ हजार २३६ को मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या भने दुई लाख ८५ हजार ७६८ मात्रै रहेको छ । सङक्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटली, स्पेन, रूस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनीलगायतका मुलुकहरू रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण महामारी को अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो ।सर्बप्रथम कोरोनाभाइरस सङ्क्रमणको पुष्टि चीनको वुहान शहरमा भएको थियो ।


 


#विश्व स्वास्थ्य सङ्गठन

प्रतिकृया दिनुहोस