२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

काठमाडौंमा बाढीः ३६ जनाको उद्धार

- रासस बुधबार १६, साउन २०८१ १०:१८

काठमाडौंमा बाढीः ३६ जनाको उद्धार
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान बिष्णुमती नदीमा पानीको बहाब बढेर नयाँबसपार्क क्षेत्रको बिष्णुमती नदी छेउका घर भित्र पसेको पानी । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौं । भारी वर्षासँगै काठमाडौं र ललितपुरका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार बुधबार बिहान काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । 

काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो ।

काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ । 

ललितपुरको युएन पार्क  क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।


प्रतिकृया दिनुहोस