२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

पहिरोले घर-गाेठ पुरिँदा चार जना बेपत्ता, दुई घाइते

- रासस आइतबार १३, साउन २०८१ ०९:४६

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५  सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् ।

पहिरोले एउटा घर र गोठ बगाउँदा शनिबार राति चार जना बेपत्ता भएकाे धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । 

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताइन् । बेपत्ता भएकाकाे पहिचान खुलेकाे हाे । 

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।


प्रतिकृया दिनुहोस