२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते

- विशेष खबर बुधबार ३०, जेठ २०८१ १०:३७

खाँदबारी । सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।


प्रतिकृया दिनुहोस