२०८१ असार ०७ गते बिहिबार | 20 June, 2024

दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

- विशेष खबर बिहिबार २४, जेठ २०८१ ११:०२

दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । 

काठमाडौं–दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उहाँले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका बताए। 

प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।


प्रतिकृया दिनुहोस