२०८२ असार १८ गते बुधबार | 2 July, 2025

पछिल्लाे २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

शुक्रबार १९, असार २०७७ ०४:५७

पछिल्लाे २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

काठमाडौं । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो।

एकै दिनमा संक्रमित हुनेको संख्या यो अहिले सम्मकै उच्च हो। याे सगैं नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन् । याे सगैं अहिलेसम्म  सक्रंमण निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।

विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। 

त्यस्तै मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट अहिले सम्म ३३ जनाको मृत्यु भएको छ। 


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस