२०८१ साउन १२ गते शनिबार | 27 July, 2024

प्रधामन्त्रीले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

- विशेष खबर शुक्रबार ०४, जेठ २०८१ ०८:३७

प्रधामन्त्रीले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत लिने भएका छन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि दाहालले चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

उनले जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्नका सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्राबधान छ।

जसपा फुटेपछि वैशाख ३१ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको यो चौथोपटक हो। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले त्यही २६ गते विश्वासका मत लिएका थिए। २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते पुनः विश्वासको मत लिएका थिए।

गत फागुन २१ गते प्रधानमन्त्री कांग्रेससँगको गठबन्धन तोडेपछि नयाँ समीकरण बनेको ९ दिनमा फागुन ३० गते उनले तेस्रोपटक विश्वासको मत लिएका थिए।  २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत पाउन १३८ सांसदको समर्थन आवश्यक हुन्छ। 


प्रतिकृया दिनुहोस