बुधबार १७, असार २०७७ ०४:४७
काठमाडौं । बुधबार नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
बुधबार थपिएका संक्रमितहरु मध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।
अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
स्वास्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११/११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।
यसैगरी, स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, बाग्लुङका ३/३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २/२ मा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला र बैतडी एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
बुधवार काठमाडौं उपत्यकामा मात्र १७ जना थपिएका छन् । काठमाडौंका ५ महिला र ५ पुरुष, ललितपुरका ३ महिला र दुई पुरुष तथा भक्तपुरका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस