२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध

सोमबार १५, असार २०७७ १०:५७

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध

काठमाडौं । भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारत सरकारले एक सूचना जारी गर्दै यस्ता एपहरु भारतीय सार्वभौमसत्ता र सुरक्षाका लागि खतरा भएको जनाएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको हो ।

मोबाइल फोन र मोबाइल एपको निकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरुको प्रयोग निकै ठूलो मात्रामा हुने गरेको छ ।

भारतमा चिनियाँ सामान बहिष्कारको लहर बेलाबेला चल्ने गरेको छ । मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस चलिरहेको थियो । सोमबार प्रतिबन्ध लगाइएका सबै एप कुनै न कुनै रुपमा चीनसँग जोडिएका छन् । 

भारतको यो निर्णय लद्दाखमा चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भीडन्तमा २० भारतीय सैनिक मारिएको केही दिनपछि आएको छ ।

प्रतिबन्ध लगाएका एपहरू ः 

1. TikTok

2. Shareit

3. Kwai

4. UC Browser

5. Baidu map 

6. Shein 

7. Clash of Kings 

8. DU battery saver 

9. Helo 

10. Likee

11. YouCam makeup 

12. Mi Community 

13. CM Browers 

14. Virus Cleaner 

15. APUS Browser 

16. ROMWE 

17. Club Factory 

18. Newsdog 

19. Beutry Plus 

20. WeChat 

21. UC News 

22. QQ Mail 

23. Weibo 

24. Xender 

25. QQ Music 

26. QQ Newsfeed 

27. Bigo Live 

28. SelfieCity 

29. Mail Master 

30. Parallel Space 31. Mi Video Call – Xiaomi 

32. WeSync 

33. ES File Explorer 

34. Viva Video – QU Video Inc 

35. Meitu 

36. Vigo Video 

37. New Video Status 

38. DU Recorder 

39. Vault- Hide 

40. Cache Cleaner DU App studio 

41. DU Cleaner 

42. DU Browser 

43. Hago Play With New Friends 

44. Cam Scanner 

45. Clean Master – Cheetah Mobile 

46. Wonder Camera 

47. Photo Wonder 

48. QQ Player 

49. We Meet 

50. Sweet Selfie 

51. Baidu Translate 

52. Vmate 

53. QQ International 

54. QQ Security Center 

55. QQ Launcher 

56. U Video 

57. V fly Status Video 

58. Mobile Legends 

59. DU Privacy 


#टिकटक

प्रतिकृया दिनुहोस