२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

आइतबार थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार १४, असार २०७७ ०४:३५

आइतबार  थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार एक सय ५ महिला र तीन सय ५८ पुरूष गरी चार सय ६३ संक्रमित थपिएको जानकारी दिए।

विगत २४ घण्टामा २० वटा प्रयोगशालामा चार हजार नौ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।आइतबार सम्म तीन हजार १३ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काेराेनाबाट अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ।


#काेराेना

प्रतिकृया दिनुहोस