२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

काबुलमा बम बिस्फोट पाँचको मृत्यु

मङ्गलबार २८, माघ २०७६ ०६:४६

काबुलमा बम बिस्फोट पाँचको मृत्यु

एजेन्सी, अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ ।

यस विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनु भएको छ ।

गृह मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । तर गृह मन्त्रालयले घाइते सङ्ख्या भने छ मात्र भएको बताएको थियो । यो एउटा ठूलो विस्फोट हो जसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन् ।

एकजना स्थानीय समीउल्लाहले एएफपीलाई बताउनु भएको छ ।

हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरुमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भए तापनि कैयौँ प्रान्तमा हिंसा जारी रहेको छ ।


प्रतिकृया दिनुहोस