२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार ७५५ पुग्यो

शुक्रबार १२, असार २०७७ ०४:४८

थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार ७५५ पुग्यो

काठमाडाैं ।  शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ११ हजार ७५५ पुगेको जनाए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले बताए।

यीसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ। मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ। रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना देखिएको छ। 

विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीकाे पिसिआर परीक्षण भएको छ। 


#काेराेना

प्रतिकृया दिनुहोस