२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

शुक्रबार २३, चैत २०८० १०:३८

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडीको सूर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।  

दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।  

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 


प्रतिकृया दिनुहोस