२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

आज माैसम : यी ठाउँमा वर्षा र हिमपातकाे सम्भावना

- विशेष खबर शनिबार १७, चैत २०८० ०७:०६

आज माैसम : यी ठाउँमा वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले केही स्थानमा आंशिक बदली तथा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ जनाएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।


प्रतिकृया दिनुहोस