२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

एसईई सुरु, ५ लाख बढी परीक्षार्थी

- विशेष खबर बिहिबार १५, चैत २०८० १०:०९

एसईई सुरु, ५ लाख बढी परीक्षार्थी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । चैत २७ गतेसम्म चल्ने परीक्षाकाे पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।

बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।


प्रतिकृया दिनुहोस