२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

पछिल्लो २४ घन्टामा ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ११ हजार नाघ्यो

बिहिबार ११, असार २०७७ ०४:५२

पछिल्लो २४ घन्टामा ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ११ हजार नाघ्यो

काठमाडौं । बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४  संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ। 

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। 


#काेराेना

प्रतिकृया दिनुहोस