२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

एकैदिन ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर बुधबार १०, असार २०७७ ०४:५१

एकैदिन ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको बताए ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस