२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

भारी वर्षाले पाकिस्तानमा २९ जनाको मृत्यु, अफगानिस्तानमा चिसो र हिमपातका कारण मृत्यु हुने ३९ पुगे

एजेन्सी आइतबार २०, फागुन २०८० ०९:४५

भारी वर्षाले पाकिस्तानमा २९ जनाको मृत्यु,  अफगानिस्तानमा चिसो र हिमपातका कारण मृत्यु हुने ३९ पुगे

काठमाडाैं । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चारमाध्यमलाई यस बारे जानकारी गराएका छन् ।

वर्षा र  बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध  भएकन छन् ।  बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ।  
घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका छन् ।
 

अफगानिस्तानमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो
 

अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । वर्षा, हिमपात र चिसो मौसमका कारण ३९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

साथै चिसो मौसमजन्य प्रकोपका कारण ६३७ घरहरु ध्वस्त भएका छन् भने १३ हजार ८८९ वटा गाईवस्तु मरेकाे राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सेकले आइतबार बताएका छन् ।

थप क्षति हुन नदिन प्रशासनले पीडित परिवारलाई खाद्यान्न र उनीहरूका पशुपक्षीलाई घाँस लगायतका खाद्यवस्तु उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए । 

अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ जसले ठूलो क्षति निम्त्याएको छ । 


प्रतिकृया दिनुहोस