२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

२४ घन्टामा थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १० हजार नाघ्याे

- विशेष खबर मङ्गलबार ०९, असार २०७७ ०४:४२

२४ घन्टामा थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १० हजार नाघ्याे

काठमाडौं।  पछिल्लो २४ घन्टामा मंगलबार थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार मुलुकमा संक्रमितको संख्या १० हजार ९९ पुगेको जनाए ।पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्। यीसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्। त्यस्तै मृतक २४ जनामा कोरोनाभाइरस देखिएको छ।

मगंलबार ४ हजार ९ सय ९५ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ। 


#काेराेना

प्रतिकृया दिनुहोस