२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

ललिता निवासको फैसला बिहीबार सुनाउने तयारी

- विशेष खबर बुधबार ०२, फागुन २०८० ०९:४४

ललिता निवासको फैसला बिहीबार सुनाउने तयारी

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ ।
       
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज तयार भई नसकेको हुनाले भोलि सुनाउने तयारी भएको हो ।
       
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।

सुनुवाइ सकिएपछि आज फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले भोलि सुनाउने तयारी भएको हो ।


प्रतिकृया दिनुहोस