२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

एकैदिन थप ५ सय ३५ जना कोरोना संक्रमण, संक्रमित संख्या ९५६१ पुग्याे

- विशेष खबर सोमबार ०८, असार २०७७ ०४:४४

एकैदिन थप  ५ सय ३५ जना कोरोना संक्रमण,  संक्रमित संख्या ९५६१ पुग्याे

काठमाडाैं ।   नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार साेमबार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने  २३ जनाले ज्यान गुमाएका छन्। 

सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय  जनाको स्वाब परीक्षण भइसकेको छ। 

 


#काेराेना

प्रतिकृया दिनुहोस