२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

आजको मौसम : यस्तो छ पूर्वानुमान

- विशेष खबर शनिबार १३, माघ २०८० ०७:१२

आजको मौसम : यस्तो छ पूर्वानुमान

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ। 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा रातिपनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिकृया दिनुहोस